दफा ११
प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विश्वविद्यालयको पाठ्यक्रम निर्धारण तथा स्वीकृत गर्ने ।
(ख) परीक्षाको किसिम तोक्ने ।
(ग) विद्यार्थी भर्ना सम्बन्धी योग्यता र संख्या निर्धारण गर्ने ।
(घ) अनुसन्धान सम्बन्धी नीति तर्जुमा गर्ने र अनुसन्धान कार्यक्रमहरुलाई स्वीकृत प्रदान गर्ने ।
(ङ) विद्यार्थीहरुको शैक्षिक कार्यक्रमको मूल्याङ्कन गर्ने ।
(च) शिक्षण र अनुसन्धानको स्तर निर्धारण गर्ने ।
(छ) मानार्थ उपाधिहरुको व्यवस्था गर्ने ।
(ज) तोकिए बमोजिमका अन्य कामहरु गर्ने ।